पोखरा । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने भएको छ ।
पोखरामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले आगामी संस्करणको प्रतियोगितामा २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा बोल्दै राखेप सदस्य सचिव टंक लाल घिसिङले दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गरेका हुन् ।
पोखरा रंगशालामा बिहीबार नवौंको समापन समारोहमा राष्ट्रिय झण्डा कर्णालीलाई हस्तान्तरण गरिएको छ ।