नवौं राष्ट्रिय : पुरुष भलिबलमा पुलिसलाई कास्य
बिहिबार, कार्तिक ३, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा बिहिबार कास्य पदकका लागि भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको हो । पुलिसले ३–० को साझो सेटमा जित निकालेको हो ।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५-१८ ले जित हात पारेर पुलिसले कास्य पदक जितेको हो ।
आज नै स्वर्ण पदकका लागि खेल हुदैछ । नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले स्वर्णका लागि आज प्रतिस्पर्धा गर्नेछन् ।
नवौं राष्ट्रिय : पुरुष भलिबलमा पुलिसलाई कास्य













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)