पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये बिभागिय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात परेको छ ।
करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि १७ पदक सहित पुलिस टिम च्याम्पियन बनेको हो ।
बिभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोश्रो भयो । एपीएफले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका साथ दोश्रो भयो । तेस्रो स्थानमा बिभागिय टिम नै हाबी भएको छ । तेस्रो स्थानमा नेपाली सेनाको त्रिभुवन आर्मी क्वलले २ स्वर्ण, ५ रजत र १ कास्य गरी ८ पदक सहित आर्मी तेस्रो भयो । बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ ।
त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझाएको छ । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो । कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हु“दा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ । कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।
हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तीम दिन खेलाडीलाई कुश्मा नगरपालिका का मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन ।