शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद-२०७९ विशेष
Bhat Bhateni Supermarket Ad

भलिबलमा १० लाख बढीको टिकट बिक्री

बुधबार, कार्तिक २, २०७९खेलपाटी संवाददाता
भलिबलमा १० लाख बढीको टिकट बिक्री
Classic Tech Internet Ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल खेलमा दर्शकको उपस्थिती उल्लेख्य देखिएको छ । राष्ट्रिय खेलकुदको महिला भलिबल म्याग्दीको बेनी र पुरुष भलिबल पोखरा रंगशालामा भैरहेको छ ।

नवौं राष्ट्रिय खेलकुदको स्रोत परिचालन उप समितिले पोखराको पुरुष भलिबल र पुरुष फुटबलमा टिकट काटेर खेल हेर्ने व्यवस्था मिलाएको छ । दर्शकबाट उठेको पैसा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को खातामा जम्मा हुनेछ । 

नवौं राष्ट्रिय खेलकुदका अन्य खेलमा दर्शकको उपस्थिती न्युन देखिएपनि भलिबलमा भने उल्लेख्य चाप देखिएको छ । पुरुष भलिबलको टिकटबाट मात्र बुधबारसम्म १० लाख बढीको आम्दानी भएको छ । बिहीबार फाइनलमा अझ बढी दर्शकको उपस्थिती रहने देखिएको उपसमितिका संयोजक सुर्यलाल भण्डारीले खेलपाटीलाई बताए । 

‘तुलनात्मक रुपमा भलिबलमा दर्शकको उपस्थिती धेरै छ । टिकट शुल्क नराखेको भए थेग्नै गाह्रो हुने रहेछ ।अहिलेसम्म पुरुष भलिबलबाट मात्र १० लाख बढीको आम्दानी भएको छ ।’  भण्डारीले भने । 

पुरुष भलिबल अन्तर्गतका खेल हेर्न १ सय र दुई सय टिकट दर तोकिएको छ । फाइनलको दिन २ सय र तीन सयको टिकट दर राखिएको छ । 

‘समापन समारोह समेत भएका कारण पुरुष फुटबलको फाइनलमा दर्शकसँग शुल्क नलिने भन्नेछ । समापनमा सबैलाई सहभागी गराउने उद्धेश्य छ । सोही कारण फुटबलको फाइनलमा टिकट हुदैन । तर भलिबलमा भने टिकटको ब्यवस्था गरिएको छ ।’ भण्डारीले भने । 

खेलकुदलाई ब्यवसायीक बनाउने उद्धेश्य सहित राष्ट्रिय खेलकुदको नवौं संस्करणका केही निश्चित खेलमा टिकटको व्यवस्था गरिएको छ । खेलकुदको नगरी मानिने पोखरामा खेलप्रेमी दर्शकहरुले भलिबल खेललाई राम्रो साथ दिएका छन् ।

तर प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाएको नेपाल भलिबल संघको कमजोर ब्यवस्थापनका कारण खेलाडीहरु घाइते हुने क्रम जारी छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा