पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीकी डुवाना लामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छिन् ।
पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा आर्मी क्लबकी खेलाडी डुवाना सर्वाधिक पदक जित्ने खेलाडी बनेकी हुन् ।
डुवानाले नवौंमा ९ स्वर्ण पदक जितिन् ।
यस्तै जिम्न्यास्टिकका खेलाडी राजु राई दोस्रो स्थानमा रहे । राजुले ७ स्वर्ण पदक जिते ।
पौडीका नासिर याह्या हुसेन तेस्रो स्थानमा रहे । आर्मीका उनले ६ स्वर्ण पदक जिते ।
आर्मीकै पौडी खेलाडी गौरिका सिंहले ५ स्वर्ण पदक जितिन् ।
यस्तै एनआरएनएकी पौडी खेलाडी एस्ली सापकोटाले पनि ५ स्वर्ण हात पारिन ।
त्यस्तै आर्मी क्लबकी एथलेटिक्स खेलाडी जयरानी थारुले पनि ५ स्वर्ण पदक जितिन् ।