नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफलाई स्वर्ण
बुधबार, कार्तिक २, २०७९खेलपाटी संवाददाता
1666177561.jpg&w=3840&q=75)
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ ।
म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।
एपीएफले पहिलो र दोस्रो सेट २५-१९ र ३०-२८ ले जितेको थियो । तेस्रो सेट २४-२६ ले एपीएफले गुमाएको थियो । चौथो सेटमा २५-१९ले जितेर एपीएफले स्वर्ण पक्का गरेको हो ।
महिला भलिबलमा बागमती प्रदेशले कास्य पदक जितेको छ । गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरि बागमतीले कास्य जितेको हो ।
नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफलाई स्वर्ण













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)