पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली त्रिभुबन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । आर्मीले ३–१ को सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट भने २१-२५ ले गुमाएको थियो । तेस्रो सेट र चौथो सेट क्रमशः २५-२३ र २५-१९ ले जित हात पारेर आर्मीले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
आर्मीले आजै हुने दोस्रो सेमिफाईनलको बिजेतासँग स्वर्णका लागि बिहीबार खेल्ने छ । दोस्रो सेमिफाईनलमा विभागिय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश बिच खेल हुनेछ ।
यस खेलमा पराजित पुलिसले दोस्रो सेमिफाईनलको पराजित टोलीसँग बिहिबार कास्य पदकका लागि खेल्ने छ ।