सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : प्याराग्लाइडिङ अन्योलमा

मंगलबार, ०१ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : प्याराग्लाइडिङ अन्योलमा
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ वटा स्वर्णपदक होल्ड गर्ने प्याराग्लाइडिङ खेल अन्योलमा परेको छ ।

शनिबार दुर्घटनामा एक खेलाडीको निधनपछि  नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।

क्यानको यो निर्णयप्रति राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङदेखि प्याराग्लाइडिङ सम्बद्ध नीजि व्यवसायीहरुले क्यानको निर्णयप्रति असन्तुष्टि जनाएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको क्यान र युवा तथा खेलकुद मन्त्रालय मातहतको राखेपबिच असमञ्जसको स्थिती पैदा हुँदा यो खेलबारे अब के हुन्छ भन्ने निर्णयमा दुई विभागीय मन्त्रालय आमनेसामने भएका छन । मंगलबार पनि प्याराग्लाइडिङ खेलको बारेमा कुनै थप निर्णय हुन सकेन ।

यही अनिश्चयका बिच प्याराग्लाइडिङ खेलमा अब नेपाली आकाशको हवाई सुरक्षा प्रतिवेदन पनि जोडिन पुगेको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे गत असोज २१ देखि २३ गतेसम्म अडिट गरेको थियो ।

तीन सदस्यिय टोलीले गरेको उक्त अडिट कात्तिक ११ गते नेपाललाई बुझाउने कार्यक्रम छ । उक्त प्रतिवेदन पश्चात नागरिक उड्डयन प्राधिकरणले जवाफ दिनेछ ।

इयुले नेपाली आकाशलाई विगत १० वर्षदेखि ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउने गरेका छन ।

नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो ।

इयुले नेपाली आकाशलाई उड्डयन सुरक्षा सूचीबाट हटाउन यो प्रतिवेदन महत्वपूर्ण रहेको क्यानका पदाधिकारीले बताउँदै आएका छन ।

अडिट भएको र प्रतिवेदन आइनसकेको अवस्थामा गत सोमबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल आर्मीका खेलाडी निसिम थापाको ज्यान गएको थियो ।

अर्कातर्फ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको र उडान सुरु भएपछि सराङकोटबाट उडान भर्ने प्याराग्लाइडिङ व्यवसायलाई जनवरी १ भित्रै विकल्प खोज्न भनेर क्यानले यसअघि नै पत्राचार गरिसकेको छ ।

प्राधिकरणले बाँकी रहेका बाह्य काम सकिएमा आगामि जनवरी १ बाटै यहाँको अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने लक्ष्य पनि राखेको छ ।

नेपाली आकाश सुरक्षासूचीबाट हट्ने, पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने र उडानमा बाधक देखिएको प्याराग्लाइडिङलाई विकल्प खोज्न भनेर मिति तोकिदिँदा शनिबारको घटनापश्चात प्याराग्लाइडिङ अकस्मात बन्द गर्ने क्यानको निर्णय पनि हवाई सुरक्षाको प्रतिवेदनसँग जोडिने एक पदाधिकारी बताउँछन ।

प्याराग्लाइडिङ प्रतियोगिता नै अन्योलमा परेपछि यसकै बारेमा छलफल गर्न भनेर नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउत तथा नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारी काठमाण्डौ पुगेका छन ।

उनीहरुले क्यानका महानिर्देशन प्रदिप अधिकारीसँग छलफल गर्ने र प्रतियोगिता तथा समग्र प्याराग्लाइडिङको बारेमा विकल्प छलफलको माध्यमबाट खोजिने बताएका छन ।

महासचिव राउत भन्छन, “भोलिक ११ बजे महानिर्देशकसहित बैठक बस्नेछौँ । सबैको जीत हुनेगरि निकास निस्किनेमा आशावादी छौँ ।”

उनका अनुसार एकदुई दिनभित्रै प्याराग्लाइडिङ उडानको सम्भावना भने छैन । क्यानका पदाधिकारीले नेपाली आकाशको हवाई सुरक्षाबारेमा अडिट गरेका हुँदा थप दुर्घटना हुन नदिउँ भन्ने मनसाय व्यक्त गरेको उनले बताए ।

“उहाँहरुको कुरा बुझ्दा इयुको टोलीले भर्खरै अडिट गरेको रहेछ । नेपालको हवाई सुरक्षालाई ब्ल्याक लिस्टबाट हटाउने कुरा भएको छ । थप दुर्घटना क्षति हुन नदिउँ । तपाइहरु विचार गर्नुहोस, हामीले पनि गर्छौँ भन्नुभएको छ ।” राउतले भने, “एक दुइवटा मापदण्ड अपनाउने र सुरक्षाका विषयमा छलफल हुन्छ ।”

क्यानले जतिसक्दो सेफ्टी मेजर अपनाउन जोड दिएको उनले बताए ।

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले नियामक निकाय नै क्यान रहेको हुँदा महानिर्देशकलाई भेट्ने र निकास खोजिने बताए ।

“क्यान नियामक निकाय हो । क्यानले गाँठो फुकाउला । भएन भने अब मन्त्रीज्यूसँग नै जाने होला ।” उनले भने ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला चाहिँ प्याराग्लाइडिङ रोकिनुमा हवाई सुरक्षाको प्रतिवेदन जोडिएको स्विकार गर्दैनन ।

“इयु, आइकाओलाई फरक पार्दैन, पोखरामा विमानस्थल सञ्चालन गर्दा चाहिँ डिस्टर्ब हुन्छ भनेर सार्ने भनिएको छ । तर, सोमबारको दुर्घटनाको कारणले चाहिँ होइन ।” उनले भने, “यसमा केही कमजोरीहरु छन कि भनेर अध्ययन गर्नको लागि हो ।”

मंगलबार महानिर्देशकसँग हुने छलफलपश्चात थप निर्णय हुने उनले जानकारी दिए ।

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय : प्याराग्लाइडिङ अन्योलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

Bajaj Pulsar Motorcycle Ad
 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

पेनाल्टीले जोगिएको रियल

पेनाल्टीले जोगिएको रियल

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

युनाइटेडको सानदार पुनरागमनसहित जित

युनाइटेडको सानदार पुनरागमनसहित जित

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने