बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

आइतबार, २७ पौष २०८२खेलपाटी संवाददाता
तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बिङ एसोसियसनको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता २०२६ को मिति परिवर्तन गरिएको छ।

यसअघि जनवरी २९, २०२६ मा आयोजना गर्ने तय भएको प्रतियोगिता विशेष कारणवश आगामी मे २९, २०२६ मा आयोजना गरिने भएको आयोजकले जनाएको छ।

आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो।

सगरमाथाका प्रथम सफल आरोही तथा विश्वभरका पर्वतारोहण पेशाकर्मीहरूका लागि प्रेरणाका स्रोत स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बिङ एसोसियसनले संयुक्त रूपमा साहसिक खेल अन्तर्गत आरोहण प्रतियोगिता आयोजना गर्दै नेपालमा विकासोन्मुख खेल आरोहण संस्कृतिको प्रवर्द्धन गर्दै आएका छन्।

आयोजकका अनुसार स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा विजय गरेको ऐतिहासिक दिन सन् १९५३ मे २९ को सम्मानस्वरूप यस वर्ष प्रतियोगिता मे २९ मा आयोजना गर्ने निर्णय गरिएको हो। आगामी वर्षहरूदेखि भने प्रतियोगिता पूर्वनिर्धारित मिति जनवरी २९ मै आयोजना गरिनेछ।

उहाँको अतुलनीय साहस, योगदान र ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप सोही दिन प्रतियोगिता आयोजना गर्नु सबै दृष्टिले अर्थपूर्ण र उपयुक्त हुने आयोजक समितिले जनाएको छ ।

स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता नेपाली साहसिक खेल, खेल आरोहण संस्कृतिको विकास तथा युवा पुस्तालाई पर्वतारोहणतर्फ प्रेरित गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको महत्वपूर्ण कार्यक्रम हो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सरकारी निकाय, सरोकारवाला संघ संस्था, प्रायोजक, सञ्चारमाध्यम तथा व्यक्तिगत तहबाट समेत आवश्यक सहयोग, सहकार्य र सकारात्मक प्रतिक्रिया प्राप्त हुने आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad
#tenjingnorgeclimbing#khelpati

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बाहिरियो श्रीलंका

बाहिरियो श्रीलंका

शीर्षस्थानमा फर्कियो एपीएफ

शीर्षस्थानमा फर्कियो एपीएफ

 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने