पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।
म्याग्दीको बेनीमा मंगलबार भएको दोस्रो सेमिफाईनल खेलमा गण्डकी प्रदेश ३-० को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पुलिसले पहिले र दोस्रो सेट क्रमशः २५-१०, २५-१८ ले जितेको थियो ।
पुलिसले तेस्रो सेट २५-११ ले जितेर फाईनलमा स्थान पक्का गरेको हो ।
पुलिसले अब स्वर्णका लागि बुधबार अर्को विभागिय टिम नेपाल एपीएफसँग खेल्नेछ ।
बागमती प्रदेश र गण्डकी प्रदेश बुधबार नै कास्य पदकका लागि खेल्नेछन् ।