बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद-२०७९ विशेष
  4. /
  5. अलबिदा निसिम : रुदैनन् मर्नेहरु, रुन्छन जलाउनेहरु ....

अलबिदा निसिम : रुदैनन् मर्नेहरु, रुन्छन जलाउनेहरु ....

२०२२ अक्टोबर १७, सोमबारखेलपाटी संवाददाता

अलबिदा निसिम : रुदैनन् मर्नेहरु, रुन्छन जलाउनेहरु ....

पोखरा । मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।”

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे ।

हावाको वेगसँग पौठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन । अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे ।

तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए । उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौँ सदन अनि रामघाट ।

उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठुलो फ्लेक्समा मुस्काइरहेका निसिमको तस्बिर थियो । अनि लेखिएको थियो, “हार्दिक श्रद्धाञ्जली, जन्म ः २०५१÷३÷२०, स्वर्गारोहण ः २०७९÷६÷३० ।”

मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरि सुस्ताइरहेको एउटा शव थियो । तस्बिरमा जस्तो मुस्कान थिएन । गाडीमा सवार एक व्यक्तिले उनै निसिमको रंगीन तस्बिर बोकेका थिए । फुंग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरु कोही थिएनन, थिए त निसिमका आफ्नै बुवा प्रकाश थापा ।

गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरुको लस्कर, खेलकदुका पदाधिकारीको सहभागिता, पोखराका मेयर देखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन ।

आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ । बौद्ध अर्घौँ सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, “तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।”

आमाबाबुको रोदन, क्रन्दनमा उनै निसिम थिए । जो उनीहरुका एक्ला सन्तान थिए । मुटुको टुक्रा थिए । त्यही भएर त उनीहरु छियाछिया हुन पुगे ।

निसिम अब रहेनन ।

जति चोट आमाबाबुलाई पर्यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो । निसिम अब हावामा उड्ने छैनन ।

संस्कार अनुसार पूजा सकिएपछि निसिमलाई त्यही अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो । नीर्जिव उनको शरीको अस्तित्व खरान भयो ।

अलबिदा निसिम ।

नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ गत राष्ट्रिय खेलकुदमा मात्रै समावेश हुन पुग्यो । २०७५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश भएको थियो ।

यही प्रतियोगिताबाट २५ वर्षीय निसिम थापाले नेपाली आर्मीबाट क्रसकन्ट्री समूह इभेन्टमा रजत जिते । उमेर थियो २३ वर्ष ।

कलिलो उमेरमा विभागीय टिमबाट खेलेर रजत जित्दै गर्दा उनको लक्ष्य थियो, अर्को राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिने र स्वर्ण जित्ने ।

पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका थापाको तयारी पनि सोही अनुसार नै थियो । टेन्डम देखि सोलो उडानमा उनी पोख्त थिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भयो, प्याराग्लाइडिङ पनि समावेश भयो । आफूलाई तयार पारेका निसिम यसपटक स्वर्णका लागि पोखरेली आकाशमा उडान भर्न आफूलाई तयार गर्दैथिए । प्रतियोगितामा सहभागी विभागीय टिम नेपाल आर्मीले यसपटक पनि उनलाई अनुबन्ध ग¥यो ।

क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश गरिएका थिए । यही विधामध्ये क्रसकन्ट्रीतर्फको उडानको लागि उनले ग्लाइडर तयार गरे । अनुभव र उत्साहका साथ आइतबार मध्यान्हमा खुलेको आकाशमा उनी देशको लागि खेल्दै थिए । ग्लाइडर तयार गरे, उडान भरे र आकासिन खोजे ।

जब निसिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब १०० मिटर माथिसम्म पुगे । उनको ग्लाइडर खुलेन ।

आकाशमा उडेका थापा जमिनको नजिकै आए र बजारिन पुगे ।

“हाम्रो भाषामा अटोरोटेसन भन्छ । कोल्याप्स भनिन्छ । त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो । हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लो मा आाएछ । अनि जमिनमा शरिर ठोकिन पुग्यो ।” नेपाल प्याराग्लाइडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारीले भने ।

दुर्घटनाग्रस्त भएका थापालाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो । तर, टाउकोमा चोट लागेका थापलाई अस्पतालले मृत घोषणा गरिदियो ।

“क्रसकन्ट्रीका राम्रा प्लेयर हुन । विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे । लामोदुरीका राम्रा पाइलट हुन । हामी बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झ¥यौँ, तर ब्याडलक हुन पुग्यो ।” पहारीले भने ।

थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए । उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै हेर्दै थिए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पुरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे । उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए ।

तर, पोखरेली आकाशमा सिकेको प्याराग्लाइडिङ आइतबार उनको लागि अनुकुल भएन ।

राष्ट्रिय खेलकुदका इभेन्टहरु पिक आवरमा पुगेको बेला आइतबार पोखरेली आकाशले एउटा प्रतिभा गुमायो । प्याराग्लाइडिङ खेलाडीका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत, इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पुगेका थिए । पोखरामा व्यवसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निसिमले विभिन्न प्रतिष्पर्धामा माग लिएका छन ।

नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वाटरका पृतनापती बाबुराम श्रेष्ठले भने, “दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठुलो थियो । उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो ।”

थापाले नै अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकै तर्फबाट भाग लिएर रजत जितेका थिए ।

यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो । “लक्ष्य सबै इभेन्टमा भएतापनि उहाँले स्वर्ण जित्नेमा हामी विश्वस्त थियौँ ।” कर्णेल मुनाल बस्नेतले भने ।

तर, थापा नै रहेनन । देशले एउटा खेलाडी गुमायो, प्याराग्लाइडिङका सबै इभेन्ट रद्ध भए । प्याराग्लाइडिङ नै अनिश्चितकालका लागि बन्द भएको छ ।

पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत थापाका नजिकका साथी हुन असिम गुरुङ । असिमलाई निसमले शनिबार भेट्ने भन्दै थिए । तर, व्यस्तताले दुइजनाको भेट हुन सकेन । बिहानै जिममा भेटिरहने उनीहरु सानैदेखिका साथी हुन । कक्षा १२ दुवैले सँगै पढे ।

थापाले आफू प्याराग्लाइडिङमा आर्मीको तर्फबाट खेल्ने भनेर सुनाएका पनि थिए । त्यसकै तयारीमा व्यस्त होला भनेर उनले थापालाई शनिबार भेटेनन ।

तर, आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा उनका बाल्यकालीन साथी पोष्टमार्टम भवनमा थिए । अनि असिमचाहिँ आँखामा आँसु लिएर, त्यही भवन बाहिर ।

ङ्गहामीलाई सहयोग गथ्र्यो । बिचरा उसको दाई (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामानै बितेका हुन । यो पनि त्यस्तै भयो, मन नै कस्तो ... ।”

उनको गला रोकियो ।

उनी बोल्दै गर्दा पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएका छोरालाई सम्झेर आमाले बिलौना गर्दै थिइन ।

गोरखा पालुङटार जन्मिएका थापा आमाबुवाका एक्ला सन्तान हुन । बाबु पोखरामै भएतापनि आमा चाहिँ काठमाण्डौमा थिइन । बिहान साढे ११ बजे आकाशमा उडेका थापाको प्राण नफर्किने गरि उडिसक्दा आमालाई थाहा थिएन । प्रहरीले नै अस्पताल ल्याइसकेपछि बुवाले पनि थाहा पाए ।

थापाका बाबुआमा शिक्षण पृष्ठभूमिका हुन ।

काठमाण्डौमा रहेकी आमालाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्यायो । पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन । सकिन त मात्र रुन र भगवानलाई पुकार्न ... ।

निसमलाई त्यहाँबाट पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । बुबा सम्हालिँदै थिए, आमाले जसरी भएपनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोहिरँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो ।

पोष्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो । त्यसलाई अँगाल्दै आमाले भनिन, “छोरा भनेको मान्थ्यौ, तर भगवानले एक सेकेण्ड सुनेनन, भगवानले सुन्नुपथ्र्यो ...।”

उनी अब रहेनन । आकाशमा उड्ने उनको सपना, आकाशमै उडिगयो । उनी गए, आफ्ना सपना थाती राखेर, बुवाआमाको सपना थाती राखेर ।

गण्डकी, बागमती, प्रदेश– १ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४÷४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए । कर्णाली प्रदेशबाट १ जना खेलाडी पनि प्याराग्लाडिङमा भाग लिएका थिए ।

प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए । सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो । रेफ्रि सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो । पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो । खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो ।

प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।

यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए ।

उनको शव आइतबार पश्चिमाञ्चल अस्पतालमा नै पोष्टमार्टम गरेर राखिएको छ । सोमबार बिहान १० बजे रामघाटमा नेपाली सेनाको उपस्थितीमा परिवारले शवको अन्त्येष्टि गर्नेछ ।

अन्त्येष्टिमा उनलाई राष्ट्रिय सम्मान दिनको लागि छलफल भएतापनि करारका खेलाडी भएका कारण सेनाको कार्यविधी अनुसार उक्त सम्मान भने दिन नमिल्ने पृतनापति बाबुराम श्रेष्ठले जानकारी दिए ।

थापाको निधन भएपछि म्याग्दीमा जारी महिला भलिबल खेलाडी देखि उपस्थित दर्शक, पदाधिकारीहरुले शोक प्रकट गर्दै मौनधारण गरेका छन ।

-एनएसजेएफ गण्डकीबाट साभार 

#अलबिदा #निसिम : #रुदैनन मर्नेहरुरुन्छन जलाउनेहरु
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास