नवौं राष्ट्रिय : महिला भलिबलमा पुलिसको रोमान्चक जित
सोमबार, असोज ३१, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीमा सोमबार भएको क्वाटरफाईनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।
पुलिसले आर्मी माथी पहिलो सेट २५–१६ र दोस्रो सेट २५–२० ले जितेको थियो । तेस्रो र चौथो सेट भने आर्मी जितेको थियो । आर्मीले क्रमशः २५-२३ र २५-१४ मा दुई सेट जितेको थियो ।
पाँचौ तथा निर्णायक सेट पुलिसले आफ्नो पक्षमा पारेको थियो । पाँचौ सेट पुलिसले १५-१३ ले जितेको हो ।
पुलिसले अब फाईनल प्रवेशका लागि अन्तिम क्वाटरफाइनलको बिजेतासँग खेल्ने छ । अन्तिम क्वाटरफाईनल खेल गण्डकी प्रदेश र प्रदेश नम्बर एक बीच आज नै हुनेछ ।
नवौं राष्ट्रिय : महिला भलिबलमा पुलिसको रोमान्चक जित













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)