बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो ।
शनिबार दोस्रो खेल मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।
प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ ।