पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा एपीएफले विजयी सुरुआत गरेको छ ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
एफीएफले २५–६, २५–०२ र २५–०७ को सेटमा कर्णालीमाथि जित निकालेको थियो ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ । शुक्रबार हुने तीन खेलमध्ये बागमती प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका खेल हुँदैछन् ।