नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकीको विजयी सुरुआत
बिहिबार, २७ आश्विन २०७९खेलपाटी संवाददाता
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो।
राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५–२२ को जित निकालेको हो ।
महिला भलिबलमा सात प्रदेश ३ विभागिय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमका खेलाडीहरूको सहभागिता रहेको थियो ।
महिला भलिबल अन्तर्गत शुक्रबार तीन खेल हुदैछन् ।
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकीको विजयी सुरुआत






-1785743764437.jpeg&w=3840&q=75)


-1786544975326.webp&w=3840&q=75)



-1786501128320.webp&w=3840&q=75)

