काठमाडौं । नेपालका महेश चपाईले १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् ।
जुनियर अन्तर्गत १२ बर्षको ३० केजी मूनिको स्पर्धामा शनिबार महेशले स्वर्ण हात पारेका हुन् । दोश्रो स्थानमा प्रकाश राई रहे । यस्तै सविन तामाङ्ग र संजय खड्काले कास्य पाए ।
अन्तराष्ट्रिय वादो महासंघ तथा अल नेपाल वादोकाई कराते संघको आयोजनामा भएको प्रतियोगिताको ११ बर्षका ३० केजी माथीको तौलमा नेपालका उत्सव पराजुलीले नेपालकै नवराज पराजुलीलाई पराजित गर्दै स्वर्ण हात पारे । भारतका टकर चेके र नेपालका दावा लामाले कास्य पाए ।
३० केजी मुनीको तौलमा नेपालले चारै पदक पायो । नेपाली खेलाडीहरु सविज नेपाल, पेम्बा तामाङ्ग, विकास घर्ती मगर र जेनियस महर्जनले क्रमश स्वर्ण रजत र कास्य पाए । सोही उमेरको २५ केजी मुनीको तौलमा नेपालका विपिन महर्जनले स्वर्ण, आयुष गुरुङ्गले रजत तथा सेभेन श्रेष्ठ र सुजन मल्लले कास्य पाए । १० बर्षको २५ केजी मुनीको तौलमा विशाल मगरले अलिन खड्कालाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा सविन लामा र प्रजिल पोखरेल रहे ।
९ बर्षको २० केजी मुनिको तौलमा सोमेश खड्काले स्वर्ण हात पार्दा अविक तामाङ्गले रजत पाए । निखिल तामाङ्ग र अन्जेल थापाले कास्य पाए । २५ केजी मुनी भारतका जी. कार्तिकले स्वर्ण पाए । उनले भारतकै अग्रदीप चक्रवर्तीलाई पराजित गरे । तेश्रो स्थानमा नेपालका उज्जल गुरागाई र किशन श्रेष्ठ रहे । २५ केजी माथीको तौल्मा नेपालका रोजेन अधिकारी र धनदीप अर्यालले स्वर्ण र कास्य पाए । भारतका रुद्रजीत रोय र नेपालका विमर्श महर्जनले कास्य पाए । ८ बर्षको २५ केजी माथीको तौल्मा नेपालका रितिक तामाङ्गले सम्राट गुरुङ्गलाई पराजित गर्दै स्वर्ण हात पारे । रोहन तामाङ्ग र युनिक तामाङ्गले कास्य पाए ।
च्यामिपयनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलङकाका ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप आईतबार सम्म संचालन हुने छ ।