काठमाडौं । नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
गोकर्ण फरेस्ट गल्फ क्लबमा आयोजना हुने प्रतियोगिता बिहीबारसम्म संचालन हुनेछ ।
नेपाल गल्फ संघ, नेपाल टुरिजम बोर्ड र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा हुने प्रतियोगिता पार ७२ को हुनेछ ।
प्रतियोगितामा नेपालसँगै बंगलादेश, कतार र मलेसियाका खेलाडीहरुले सहभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिईएको छ।
प्रतियोगितामा कुल ३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा टिम इभेन्ट्स समेत हुनेछ । टिम इभेन्ट्समा दुई महिला र दुई पुरुष खेलाडी रहने छन् ।
नेपालबाट १३ औं सागका दुई पदकधारी सुवास तामाङ र सद्भाव आचार्यले नेपाल ए बाट खेल्ने छन् । टासी छिरिङ र वाङचेन ढोनडुपले नेपाल बी टिमको प्रतिनिधित्व गर्ने छन् ।
महिलातर्फ कश्मिरा शाह र सुष्मा सिग्देल नेपालबाट खेल्ने छन् ।
तर कार्की चित्रकार बागमती प्रदेश टिम र जुनी गुरुङ र टिका गुरुङले गण्डकी प्रदेशको प्रतिनिधत्व गर्ने छन् ।