झापा र भोजपुर विजयी
बुधबार, भदौ २९, २०७९खेलपाटी संवाददाता

प्रकाश बन्जारा ।
इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको भलिबल छनौटमा बुधबार एकै दिन पाँच खेल भएका छन् ।
सुनसरीको इटहरीमा बुधबारबाट शुरु भएको उद्घाटन खेलमा झापा र तेह्रथुम प्रतिस्पर्धा गरेकोमा झापाले सोझो सेटमै तेह्रथुमलाई पराजित गरेको थियो । खेलमा झापाले २५-२३ र २५-१९ को जित निकाल्यो ।
त्यसैगरी दोस्रो खेलमा भोजपुरले ताप्लेजुङलाई सोझो सेटमै हरायो । भोजपुरले ताप्लेजुङलाई २६-२४ र २५-१५ ले हराएको हो ।
अर्को खेलमा धनकुटाले इलामलाई सोझो सेटमा हरायो ।
त्यस्तै ओखलढुंगाले मोरङ र सोलुखुम्बुए सुनसरीलाई हराएको छ ।
झापा र भोजपुर विजयी










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
