काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन दिएका छन् ।
राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका नव निर्वाचित अध्यक्ष चन्दले राखेप सदस्य सचिव घिसिङलाई धन्यवाद दिए ।
राखेप सदस्य सचिव घिसिङ समक्ष अध्यक्ष चन्दले अन्तराष्ट्रिय स्तरको कभर्ड हल, कार्यालय व्यवथापनका लागि कर्मचारी आवश्यक रहेको कुराको ध्यानाकर्षण गराएको थियो ।
राखेप सदस्य सचिव घिसिङले उमेर उमेर समूहगत राष्ट्रिय प्रतियोगीता, उमेर समूहगत अन्तराष्ट्रिय सहभागीतालाई पहिलो प्राथामिकता दिनु पर्नेमा जोड दिए ।
राखेप सदस्य सचिव घिसिङले एक सुत्रिय भलिबलको लागि कबर्ड हल निर्माणको लागि जती सक्दो चाँडो स्थान फाइनल गर्न आग्रह गरे । साथै स्थान फाइनल गर्ने बितिक्कै कभर्ड हल निर्माणको काम अघी बढाउने प्रतिबद्धता व्यक्त गरे ।