बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

राखेपको परिपत्र – निर्वाचनमा संलग्न कर्मचारीलाई कारवाही !

शुक्रबार, भदौ २४, २०७९खेलपाटी संवाददाता
राखेपको परिपत्र – निर्वाचनमा संलग्न कर्मचारीलाई कारवाही !
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुनैपनि खेलकुद संघको निर्वाचनमा सहभागी हुने प्रशिक्षक तथा कर्मचारीलाई कारबाही गरिने बताएको छ । 

राखेपमा जागिरे कर्मचारी खेलकुद संघको राजनीतिमा प्रत्यक्ष सहभागी भएर ‘चलखेल’ गरेको समाचार खेलपाटीमा प्रकाशित भएपछि परिषद्ले परिपत्र जारी गर्दै ऐन विपरित कुनैप्नि संघको निर्वाचन सम्वन्धी प्रचार प्रसार, उम्मेदवारी दिने र निर्वाचन सम्वन्धि अन्य गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो । 

नेपाल भलिबल संघको केन्द्रिय निर्वाचनमा राखेपका कर्मचारी जगदिश भट्ट, डिबी नेपाली लगायतका कर्मचारी प्रत्यक्ष रुपमा सहभागी भएर एउटा समुहको चुनावी मोर्चामा लागेका थिए । उम्मेदवारको चुनावी घोषणा सभाको व्यवस्थापन, उद्घोषणदेखि मतदातासँग भोट माग्न दुवैले दबाब र प्रभाव देखाएका थिए । राखेपका कर्मचारी प्रचलित ऐन, कानुन विपरित खेलकुद संघको राजनीतिमा संलग्न रहेको भन्दै खेलपाटीले समाचार प्रकाशित गरेपछि घटना सार्वजनीक रुपमा बाहिर आएको थियो । 

समाचारलाई लक्षित गर्दै कर्मचारी प्रशिक्षक जगदिश भट्टले आफुलाई कारवाही गर्न खुल्ला चुनौती दिएका थिए । उनले सार्वजनीक रुपमा आफु भलिबल संघको निर्वाचनमा एक समुहको समर्थक र चुनावी ‘क्याम्पेनर’ रहेको उल्लेख गर्दै खेलकुदको नेतृत्वलाई चुनौती प्रस्तुत गरेका थिए । उनले केही समयमपछि सामाजिक सञ्जालमा राखेको सार्वजनीक अभिब्यक्तिलाई मेटाए । 

राष्ट्रिय खेलकुद विकास ऐन र कर्मचारी नियमावली विपरित प्रशिक्षक भट्टले संघको राजनीतिमा प्रत्यक्ष संलग्न भएको उल्लेख गर्दै सार्वजनीक चुनौती दिएपछि राखेपले परिपत्र जारी गर्दै कर्मचारीलाई सचेत गराएको छ । तर ऐन र नियमावली विपरित भट्ट र नेपाली गतिविधिलाई कारबाही गर्ने विषयमा राखेप मौन देखिएको छ । यस्ता घटनामा राखेपको नेतृत्व उदासिन बन्दा नेपाली खेलकुदमा दण्डहिनताका घटना बढ्दो छ । प्रशिक्षक भएर मैदानमा देखिनुपर्ने प्रशिक्षक भट्ट भलिबलको राजनीतिमा सधै चलखेलमा सक्रिय हुने र सधै अवसर र लाभको पद लिने गरेको आरोप लाग्दै आएको छ । 

ऐन अनुसार बहालवाला कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनैपनि पदमा रहन नहुने, यदी कुनै पदमा रहेको प्रमाणित भएमा त्यस्तो संघले वैद्यता प्राप्त गर्न नसक्ने उल्लेख गर्दै राखेपले त्यस्ता कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानुन अनुसार कारवाही गरिने व्यवस्थालाई परिपत्रमा अवगत गराएको छ । 

साथै कतिपय कर्मचारी र प्रशिक्षकहरु खेल संघको निर्वाचन सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न रहेको बुझिएको उल्लेख गर्दै राखेपले परिषद्बाट खटाईएका बाहेकका कर्मचारी र प्रशिक्षक ऐन विपरित संघको कुनैपनि निर्वाचन गतिविधिमा संलग्न हुन रोक लगाएको हो । 

राखेपले सदस्य सचिव स्तरीय निर्णय गर्दै संघको निर्वाचनमा प्रत्यक्ष सहभागी बनेको खण्डमा कारवाही गरिने प्रस्ट पारेको छ । कर्मचारी प्रशासन शाखाका प्रमुख अनन्ता देवी खनालले परिषद्का सम्पुर्ण विभाग, प्रतिष्ठान र शाखाहरुलाई परिपत्र जारी गर्दै कर्मचारी तथा प्रशिक्षकलाई अब कुनैपनि संघको राजनीति गतिविधिमा संलग्न नहुन निर्देशन गरेकी छिन् । 

Bajaj Pulsar Motorcycle Ad
#राखेपले भन्यो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए