काठमाडौं । नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्दले उम्मेदवारीको घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
चन्द वर्तमान कार्यसमितिको महासचिव रहेका छन् ।
नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै चन्दले उम्मेदवारी घोषणा गरेकी हुन् ।
चन्द प्यानलबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका छन् ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी चन्दले वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माको प्रशंसा गर्दै वर्तमान नेतृत्वको बाँकी रहेको कार्यभार आफुले पुरा गर्ने बताए ।
'हामी कुनै पाटीसँग आबद्द हुन चाहदैनाैं । राेशन र मेराे जाेडीले भलिबलकाे सपना पूरा गर्छाै,' चन्दले भने ।
चन्दको उम्मेदवारी घोषणा कार्यक्रममा भलिबल संघकी केन्द्रिय सदस्य इन्दिरा निरौला, उपाध्यक्षद्धय हरेक सिंह धामी, याम गुरुङ, पूर्व राष्ट्रिय खेलाडीहरु रमेश खरेल, दुर्जकुमार राई र वर्तमान अध्यक्ष मनोरञ्जम रमण शर्माले शुभकामना दिएका थिए ।
यसअघि अध्यक्ष पदमा वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेकी निरोज मास्केले उम्मेदवारीको घोषणा गरिसकेकी छिन् ।
त्यस्तै वर्तमान कार्यसमितिमा सचिव रहेका मनवीर छन्त्यालले मास्केबाट महासचिवमा उम्मेदवारीको घोषणा गरिसकेका छन् ।