मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

लामाचौर कप भलिबल : न्यु डायमण्ड र गण्डकी फाइनलमा

मंगलबार, १४ भाद्र २०७९खेलपाटी संवाददाता
लामाचौर कप भलिबल : न्यु डायमण्ड र गण्डकी फाइनलमा
mustang rice ad

पोखरा ।  २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत जारी लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो । पहिलो सेटमा विभागीय आर्मी २८–२६ ले विजयी भएको थियो । पछिल्ला तीन सेट भने पुलिसले २७–२५, २५–११ र २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।

दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेटमा भने निकै संघर्षपूर्ण जित हासिल गरेको थियो । दोस्रो सेट २६–२४ ले जित्न सफल भएकोमा तेस्रो सेट २५–११ ले जित्दै लगातार आठौं पटक फाइनल पुगेको हो । प्रतियोगितामा डायमण्डकै रीमा कुँवर वुमन अफ दि म्याच बनिन् ।

पुरुषतर्फ भएको प्रतियोगितामा गण्डकी प्रदेशको टिम फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा विभागीय सशस्त्र प्रहरी बलको टिमलाई ३–२ सेटले हराउँदै गण्डकीले संघर्षपूर्ण जित हात पारेको छ । पहिलो र दोस्रो सेट गुमाएको गण्डकीले पछिल्ला सेटमा संघर्षपूर्ण जित हासिल गरेको हो । पहिलो र दोस्रो सेट समान २२–२५ भएकोमा तेस्रो सेटमा गण्डकीले २५–२३ ले जितेर खेलमा फर्किएको थियो । चौथो सेट २५–१६ र अन्तिम सेट १७–१५ मा जितेको हो ।

पुरुषतर्फको दोस्रो सेमिफाइनल भने वर्षाले स्थगित हुन पुगेको छ । विभागीय टिमहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका प्रतिस्पर्धामा रहेकोमा पहिलो सेट नसकीदै ठूलो पानी परेको थियो । स्थगित भएको खेल बुधबारमा बिहान हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।

बुधबार नै फाइनल खेल हुनेछ । त्यसअघि तेस्रो स्थानका खेल हुने आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ । तिज पर्व पनि भएकोले खेल हेर्न दर्शकको खचाखच भिड रहेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले बताए ।

महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

LiNing Ad
लामाचौर कप भलिबल : न्यु डायमण्ड र गण्डकी फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !