लामाचौर कप भलिबल : खेलाडी र रेफ्रीमाथि बोतल प्रहार
मंगलबार, १४ भाद्र २०७९खेलपाटी संवाददाता
1661704436.jpg&w=3840&q=75)
पोखरा । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको पहिलो सेमिफाइन खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ ।
लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो ।
खेलको तेस्रो सेटमा गण्डकी प्रदेशका खेलाडीको फल देखाएपछि रुष्ट बनेका दर्शकले रेफ्री र खेलाडीमाथि बोतल प्रहार गरेका हुन् ।
नेपाल एपिएफ र गण्डकी प्रदेशबीच भएको पहिलो सेमिफाइनल खेलमा दुईसेट एपिएफ क्लबले जितेको छ । खेलको तेस्रो सेटमा बोतल प्रहार हुँदा खेल अवरुद्ध भएको छ ।
लामाचौर कप भलिबल : खेलाडी र रेफ्रीमाथि बोतल प्रहार








-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
