काठमाडौं । युनिराइड एण्ड रेस अटो टीभीएस फुटसल प्रतियोगिता भदौं ७ गतेबाट सुरु हुने भएको छ । आयोजक नयाँ सोच परिवर्तनशील युवा समाजले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा २० वटा कलेज तथा संस्थाको सहभागीता रहने जानकारी दिईएको छ । भदौं १२ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विजेता खेलाडीलाई विभिन्न संस्थाबाट पुरस्कार र छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा युनिराइड रेस अटो, सह–प्रायोजकमा बर्गर हाउस, जर्सी पार्टनरमा युनिक्याम्पस रहेका छन् ।
युनिराइड अटो प्रालीका प्रबन्ध निर्देशक निर्मल सिग्देलले युवालाई स्वास्थ्य र खेलकुदमा अग्रसर बनाउन प्रतियोगितासँग जोडिएको बताए ।
‘युवालाई स्वास्थ्य र खेलकुदमा अग्रसर बनाउन यो प्रतियोगितामा जोडिएका हौं । युवाहरु बिग्रिरहेको अवस्थामा नयाँ सोच परिवर्तनशिल युवा समाजले फुटसल आयोजना गर्दा खुसी लागेको छ । युनिराइड अटो खेलकुदमा सधै सहयोग गर्न तयार छ ।’ सिग्देलले भने ।
जगदम्बा मोटर्सका क्षेत्रिय व्यवस्थापक केशव कार्कीले स्वस्थ्य समाज निर्माणका लागि युवालाई खेलकुदमा व्यस्त राख्न सहयोग गरेको बताए ।
नयाँ सोच परिवर्तनशिल युवा समाज नेपालले महिला, बालबालिका र युवा गरि तीन लक्षित वर्ग बनाएर कार्यक्रम सञ्चालन गर्दै आएका छ । यही सन्दर्भमा युवालाई लक्षित गर्दै फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।