अध्यक्ष कप भलिबल हुने
सोमबार, भदौ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कास्कीमा गण्डकी प्रदेश अन्तर पालिका स्तरीय माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका भलिबल संघको आयोजनामा हुने प्रतियोगिता भदौ ३० गतेदेखि असोज १ गतेसम्म आयोजना हुनेछ ।
माछापुच्छ्रे गाउँपालिका भुर्जुङखोलामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्ने छन् ।
यस्तै दोस्रोले १ लाख २० हजार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने टोलीलाई ३०/३० हजार प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुनेले जनही ५ हजार पाउने छन् ।

अध्यक्ष कप भलिबल हुने









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

