काठमाडौं । युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजमा १८ तथा गर्ल्समा १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक डिकेश प्रधानले जानकारी दिए ।
आचार्यले विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै यू-१७ उमेरसमूहमा प्रतिस्पर्धा हुने बताइन् ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
पत्रकार सम्मेलनमा युरोकी भाइस प्रिसिपल एन्जिला तामाङ, स्कुल प्रमुख एलेक्स एलेसनलगायतको उपस्थिति थियो । फाइनल भदौ १३ गते हुनेछ ।