काठमाडौं । माल्दिभ्समा तिजको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि आयोजक पोखरा क्लबले जितेको छ ।
शुक्रबार राति भएको फाइनलमा फुलबारी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा पोखराले फुलबारीलाई २५-२१,२५-२३ र २५-२१ ले पराजित गरेको हो ।
प्रतियोगितामा ४ टिमको सहभागिता रहेको आयोजकका विकास गुरुङले जानकारी गराए । विकास पोखराको टिमका खेलाडी समेत हुन् ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेलेका थिए ।
उपाधि विजेता टोली पोखराले ८ सय अमेरिकी डलर प्राप्त गरेको छ ।