भलिबल संघको आकस्मिक पूर्ण बैठक आह्वान
आइतबार, साउन २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भलिबल संघले आकस्मिक पूर्ण बैठक बोलाएको छ । महासचिव जितेन्द्रबहादुर चन्दले सुचना जारी गर्दै संघको आकस्मिक पूर्ण बैठक बोलाएका हुन् ।
सुचना अनुसार संघको पूर्ण बैठक मंगलबार दिउँसो १ बजे काठमाडौंमा बस्नेछ । संघको साउन ५ गते पछिल्लो पटक पूर्ण बैठक बसेको थियो ।
बैठकले संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । पदाधिकारीहरु केन्द्रिय निर्वाचनमा होमिएको समय संघले पुन पूर्ण बैठक बोलाएको हो ।
संघका एक पदाधिकारीका अनुसार राखेपले दिएको सुझावका आधारमा विधान संशोधन गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक बोलाईएको हो ।
#भलिबल संघ









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

