काठमाडौं । नेपाल पुलिस क्लबका मन्डे काजी श्रेष्ठले बागलुङ्गमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कपमा स्वर्ण पदक जितेका छन् ।
पुरुषको व्यक्तिगत कातातर्फ आइतबार भएको खेलमा मन्डेले प्रदेश नं. ५ का दीप राज थापालाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामाले कास्य जिते ।
मन्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारेका छन् । मन्डेले महशुस तामाङ र विनोद गुरुङसंग मिलेर स्वर्ण हात पारेका हुन् ।
आईतबार नै भएको महिला व्यक्तिगत काताामा पुलिसकी चन्चला दनुवारले एपिएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भईन् । बाग्लुङकी सर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डेले कास्य हात पारिन् ।
टिम कातातर्फ पुरुष र महिला दुवै तर्फ नेपाल पुलिसले स्वर्ण हात पारेको छ ।
प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपिएफकी जिया कार्कीले बाजी मारिन् । उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् । प्रदेश ५ की रश्मी पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए ।
पुरुषको ५० केजीमा पुलिका सोनाम लामाले स्वर्ण पाए । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङले कास्यमा चित्त बुझाए ।