काठमाडौं । राज श्रेष्ठ र अजर सिम्हाले चौंथो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबार पुरुष खुल्लातर्फ राज र अजरले जित निकालेका हुन् ।
राजले सुखद सुरुआत गर्ने क्रममा राज महर्जनलाई १४-१६,११-५,११-५,७-११ र ११-४ ले पराजित गरे ।
अजरले दिब्य बज्राचार्यलाई ११-४,११-२ र ११-३ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।
पुरुषको खुल्लातर्फ नै विनायक श्रेष्ठले शिव कायस्थलाई ११-८,११-१ र ११-९ ले हराए ।
रिद्दी शाक्यले सदय प्रधान्गालाई १२-१०, ११-५ र ११-७ ले हराए ।
गोपाल थापाले प्रयाग जोशीलाई ५-११, ११-१, ११-४ र ११-७ ले पराजित गरे ।
खुला मास्टर्स ५० वर्षमाथि सुरेश शाक्यले रत्न महर्जनलाई १२-१०, ११-७ र ११-९ ले पराजित गरे ।
मास्टर्सतर्फ नै अनिल बज्राचार्यले जुनिल शाक्यलाई ११-५, ११-७ र ११-३ ले पराजित गरे ।
धनलक्ष्मी महर्जन फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् ।
महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७/७ हजार पाउने छन् ।
यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् ।
प्रतियोगिता आयोजनाका लागि प्रायोजक फाउन्डेसनले १ लाख ३५ हजार नगद पुरस्कार उपलब्ध गराउनेछ ।