शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
  4. /
  5. बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

२०२५ जुन ११, बुधबारखेलपाटी संवाददाता

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

काठमाडौं। १३औं एनआरएनए राष्ट्रिय स्क्वास प्रतिगोयताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ।

नेपालका नम्बर एक बिपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठ सामेल बागमती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई समान ३–० ले हराएर समूहको शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो। 

चार प्रदेश सहभागी महिला टिम इभेन्टमा सबैले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने प्रावधान रहेको छ। महिला टिम इभेन्टमा रजत र कांस्य पदकको छिनोफानो हुन भने बाँकी छ।

कोशी प्रदेशविरुद्धका खेलमा बागमतीका लागि स्वस्थानीले डोल्मा तामाङलाई ११–८, ११–५ र ११–४, विपनाले रचना प्रजालाई ११–४, ११–५ र ११–४ तथा अस्मिता नगरकोटीले तारादेवी गुरुङलाई ११–३, ११–१ र ११–२ ले पराजित गरे। यसै गरी गण्डकीविरुद्ध तीन खेल जित्ने क्रममा स्वस्थानीले रेसना महर्जनलाई ११–३, ११–५ र ११–३, विपनाले समीक्षा खाँडलाई ११–२, ११–२ र ११–५ तथा अस्मिताले नियुक्ति श्रेष्ठलाई ११–१, ११–५ र ११–६ ले हराए।

कर्णालीविरुद्धको खेलमा स्वस्थानीले भगवती जिसीलाई ११–२, ११–१ र ११–३, विपनाले प्रतीक्षा प्रजालाई ११–३, ११–५ र ११–५ तथा साक्षी सुनुवारले अर्पणा प्रजालाई ६–११, ११–७, ११–६ र ११–३ ले निराश बनाए।

यसै गरी गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–१ ले हरायो। गण्डकीकाका लागि नियुक्तिले कृषा राईलाई ११–२, ११–१ र ११–३ तथा रेनेशाले डोल्मालाई १५–१३, ११–४ र ११–२ ले पराजित गरे। कोशीकी रचनाले भने गण्डकीकी समीक्षालाई ११–७, १२–११ र १४–१२ ले हराएकी थिइन्। 

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष टिम इभेन्टमा बागमती प्रदेश र कोशी प्रदेश फाइनलमा पुगेका छन्। बुधबार भएको सेमिफाइनलमा बागमतीले मधेश प्रदेश र कोशीले प्रदेशले लुम्बिनी प्रदेशलाई समान २–१ ले हराए।

सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडेमी हलमा भएको सेमिफाइनलमा बागमतीका लागि राकेश परियार र प्रोज्ज्वल प्रधानले जित हात पारे। राकेशले सञ्जीव थापा मगरलाई १२–१०, ९–११, ११–८ र ११–० तथा प्रोज्ज्वले हेलिस घिसिङलाई ११–६, ११–६ र ११–४ ले हराए। पहिलो खेलमा भने मधेशका दीपक थापाले बागमतीका पासाङ ब्लोनलाई ३–११, १२–१०, १३–१ १र ११–५ ले पराजित गरेका थिए।

अर्को सेमिफाइनलमा सुदीपबहादुर सिंहले कोशीका नैनबहादुर मगरलाई पाँच सेट लम्बिएको खेलमा ४–११, ११–५, १२–१४, ११–७ र ११–९ ले हराएर लुम्बिनीलाई अगाडि पारेका थिए। तर त्यसपछिका दुई खेलमा सूर्यकुमार राईले गौरव कटवाललाई ११–७, ११–५, ९–११ र १३–११ तथा खेमराज राईले यम रानालाई ११–६, ११–७, ४–१ १र ११–४ ले हराएर कोशी प्रदेशलाई फाइनलमा पुर्‍याए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अरहन्त र स्वस्थनी फाइनलमा

अरहन्त र स्वस्थनी फाइनलमा

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई