काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले संघको आसन्न चुनावी साधारण सभामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएकी छिन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष मास्केले संघको नयाँ नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी हुन् ।
‘नेपाली भलिबलको आगामी बाटो सम्बन्धि अवधारणा सहित नेतृत्वमा उम्मेदवारी दिन लागेकी हुँ । डेढ दशक भलिबलको सक्रिय जिवन पश्चात नेतृत्वमा आउने योजना बनाएको छु ।’ मास्केले भनिन् ।
मास्केले उम्मेदवारी घोषणाका लागि मंगलबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेकी छिन् । मास्के वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन् । भलिबल संघको नेतृत्वमा पहिलो पटक महिला उम्मेदवारले नेतृत्वमा दाबी गर्न लागेको हो ।
कार्यसमिति सदस्यको रुपमा भलिबल संघका प्रवेश गरेकी मास्के, कोषाध्यक्ष हुँदै उपाध्यक्ष पदमा कार्यरत छिन् ।
भलिबल संघको आसन्न निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ । संघको आगामी नेतृत्वका लागि आन्तरिक गृहकार्य भैरहेको छ । दुई वर्ष अघि हुनुपर्ने संघको निर्वाचन कोभिडको प्रभाव र खेलकुदको नयाँ ऐनका कारण स्थगित हुदै आएको थियो । संघको पछिल्लो पूर्ण बोर्ड बैठकले भदौंको अन्तिम साता चुनावी साधारण सभा गराउने निर्णय गरेको हो ।
मास्केले यसअघिनै नेतृत्वमा आफ्नो प्रस्तुत गर्दै आएकी थिईन् । तर मंगलबार पत्रकार सम्मेलनमार्फत घोषणा पत्र जारी गरेर उनले सार्वजनीक रुपमा संघको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेकी हुन् ।