काठमाडौं । चौंथो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ गते सोमबारबाट सुरु हुने भएको छ ।
आयोजक धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको छ ।
५ दिन सम्म चल्ने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।
नेपाल स्क्वास रयाकेट्स संघका अध्यक्ष किशोर महर्जनको प्रायोजनमा हुने प्रतियोगितामा कुल १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताईएको छ ।
पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् ।
महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७/७ हजार पाउने छन् ।
यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् ।
प्रतियोगिता आयोजनाका लागि प्रायोजक फाउन्डेसनले १ लाख ३५ हजार नगद पुरस्कार उपलब्ध गराउनेछ ।
अघिल्लो संस्करणमा पुरुषतर्फ अरहान्त केशर सिंह र महिलातर्फ भावना सुनुवारले उपाधि जितेका थिए ।