सोतोकान कराते टोलीको बिदाइ
बिहिबार, साउन १२, २०७९खेलपाटी संवाददाता
काठमाडौं । पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे ।
साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोली प्रमुखमा नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन् ।
सोतोकान कराते टोलीको बिदाइ






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

