बागमती भलिबलको विवाद छानबिन गर्न समिति गठन
बिहिबार, ०५ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भलिबल संघले बागमती प्रदेश भलिबल संघको विवाद छानबिन गर्न समिति गठन गरेको छ ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा श्रीधर शर्मा र भीम ओली सदस्य रहेका छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिईएको छ।
छानबिन समितिले तयार गरेको प्रतिवेदन अनुसार संघले निर्णय गर्नेछ ।
दुई प्यानलको विवादको कारण बागमती प्रदेशको निर्वाचन भएको छैन । संघले आबद्द ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन गरिसकेको छ ।
तर, विवादको कारण असार १५ गतेका लागि तोकिएको निर्वाचन नभएको हो ।
बागमती भलिबलको विवाद छानबिन गर्न समिति गठन








-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)
