काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भदौमा हुने भएको छ ।
भक्तपुर दरबारस्क्वारको ख्वापा चेन रेस्टुरेन्टमा संघको बिहीबार बसेको कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गते गर्ने निर्णय गरेको हो।
संघका सचिव मनवीर छन्त्यालले निर्वाचनको मिति भदौ २२ गतेलाई तोकिएको जानकारी गराए ।
कार्यकाल सकिएको करिब दुई वर्ष बितिसक्दा समेत संघको नयाँ निर्वाचन हुन सकेको छैन ।
१३ औं साग खेलकुद, कोभिड–१९ को प्रकोप र नयाँ ऐनले संघको नयाँ कार्यसमिति आउन नसकेको हो । करिब ६ वर्षअघि निर्वाचित कार्यसमितिलेनै अहिले संघ चलाईरहेको छ ।
संघले आबद्द ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन भने सकिसकेको छ । विवादको कारण बागमती प्रदेशको निर्वाचन भएको छैन ।
संघको नयाँ अध्यक्षका लागि उपाध्यक्ष रहेकी निरोज मास्केले उम्मेदवारी दिएकी छिन् ।