काठमाडौं । नेपाल भलिबल संघको कार्यसमितिको पूर्ण बैठक सुरु भएको छ ।
भक्तपुर दरबारस्क्वारको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो ।
बैठकमा संघका पदाधिकारी, जिल्ला र प्रदेश संघका अध्यक्षको उपस्थिति रहेको छ ।
यस बैठकले संघको निर्वाचनको मिति घोषणा गर्ने बताईएको छ । कार्यकाल सकिएको करिब दुई वर्ष बितिसक्दा समेत संघको नयाँ निर्वाचन हुन सकेको छैन ।
१३ औं साग खेलकुद, कोभिड–१९ को प्रकोप र नयाँ ऐनले संघको नयाँ कार्यसमिति आउन नसकेको हो । करिब ६ वर्षअघि निर्वाचित कार्यसमितिलेनै अहिले संघ चलाईरहेको छ ।
संघले आबद्द ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन भने सकिसकेको छ । विवादको कारण बागमती प्रदेशको निर्वाचन भएको छैन ।
यस अघि संघको पूर्ण बैठक पोखरामा बसेको थियो ।
पोखराको बैठकले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन सक्ने निर्णय गरेको थियो । यस्तै बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि समेत तोकेको थियो ।