बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते हुने

काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा आगामी भदौमा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक संघले बुधबार पत्रकार सम्मेलनको घोषणा गर्दै प्रतियोगिता भदौ ४ गते शनिबार बनेपामा आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा पुरुष ३५ केजी मुनि, ४५ केजी मुनि, ५५ केजी मुनि, महिलातर्फ ३५ केजी मुनि, ५० केजी मुनि र खुल्ला तौल समूह गरि कुल सात तौल समूहमा प्रतिस्पर्धा हुने संघका महासचिव राजन खत्रीले जानकारी गराए ।
प्रतियोगितमा विभागिय क्लब, विभिन्न कराते संघ र डोजोबाट करिब २ सय ५० जना खेलाडीहरुको सहभागिता रहने बताइएको छ ।
हरेक तौल समूहको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो दुई खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट महिला र पुरुष खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

