सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनोरञ्जनको ‘गुप्तबास’

बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता
मनोरञ्जनको ‘गुप्तबास’
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल भलिबल संघको चुनाव सरगर्मी सुरु भएको छ । देशभर सञ्जाल रहेको भलिबलको अधिकांश जिल्ला र प्रदेशमा नयाँ कमिटी आएका छन् । संघले पूर्ण बैठकमार्फत केन्द्रिय निर्वाचनको मिति पनि तय गर्दैछ । तर भलिबल संघको यत्रो चुनावी भाग दौडमा संघका वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा कतै देखिदैनन् ।

गत जेठ २० गते संघको केन्द्रिय कार्यसमितिको पूर्ण बैठक पोखरामा बस्यो । अध्यक्ष शर्मानै अनुपस्थित रहे । बैठकको अध्यक्षता याम गुरुङले गरे । बैठक पोखरामा चल्दै गर्दा शर्मा भने उपचारका लागि भारतमा रहेको सन्देश पठाए । बैठकले असार १० भित्र प्रदेश र जिल्ला निर्वाचन सक्ने निर्णय गर्यो । सोही अनुसार जिल्ला र प्रदेशमा नयाँ कार्यसमिति गठन भए । तर शर्मा कतै देखिएनन् । न त सार्वजनिक रुपमा कुनै शुभकामना, बधाई सन्देशनै सामाजिक सञ्जालमा पोस्टिए । सार्वजनिक रुपमा उनी राखेपका पूर्व सदस्य सचिव शरदचन्द्र शाहको फोटो प्रर्दशनीमा देखिएका थिए । त्यसबाहेक भलिबल र खेलकुद सम्बन्धि कुनै पनि गतिविधिमा शर्मा देखिदैनन् ।  

त्यसअघि शर्मा लामो बिदामा अमेरिका गएका थिए । अमेरिकाबाट नफर्कन सक्ने भन्दै उनले कार्यवहाक समेत तोक्ने काम गरे । कार्यवहाक तोकेर पनि लामो समय उनी नेपालमै बसे । केही समय अमेरिकामा बिताए । पुन नेपाल फर्किए । निष्कृय जस्तै बसे । जब महिला भलिबल टिमले एभीसी सेन्ट्रल जोनको उपाधि जितेर फर्कियो, खेलाडी स्वागत कार्यक्रममा एयरपोर्टमा शर्माले बुर्कुसी मारेको तस्विर भाइरल बनेको थियो । महिला टिमको सफलतासँगै उनी संघको केही कार्यक्रममा पनि देखिए । त्यसपछि पुन संघका गतिविधिबाट हराए जस्तै भए ।

‘संघको अध्यक्ष भैसकेपछि यत्रो निर्वाचनमा चासो, चिन्ता राख्नपर्ने हो । निर्वाचनमार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिनु पर्ने हो । तर अध्यक्षकै अतोपतो देखिएन । गुप्तबासै बसेको जस्तो देखियो ।’ संघका एक जना नेताले भने । 

शर्माले ६ वर्ष संघ चलाउने मौका पाए । चार वर्षमा नयाँ नेतृत्व आउन पर्ने हो तर विभिन्न कारणले संघको निर्वाचन समयमा नहुदाँ वर्तमान कार्यसमितिले ६ वर्ष संघ चलाईसकेको छ । यस बीचमा महिला भलिबल टिमले साग खेलकुदमा ऐतिहासिक रजत पदक हात पार्यो । अन्तराष्ट्रिय स्तरमा दुई पटक महिला एभीसी सेन्ट्रल जोनको उपाधिनै जित्यो । यि सबै शर्माकै कार्यकालमा भए । तर भलिबलको संस्थागत विकास, व्यवस्थापकीय सुधार, पारदर्शीता, सुशासन कायम गर्नमा शर्माले कुनै जाँगर चलाएनन् । ग्रासरुट कार्यक्रम, विभिन्न उमेर समूहका प्रतियोगिता, खेलको व्यवसायीकरण जस्ता खेलकुदका आधारभुत काममा उनले हातै हालेनन् । 

 May be an image of 2 people and people standing

सरकारले पटक पटक भलिबलको छुट्टै कभर्डहल बनाउन बिनियोजन गरेको रकम ‘फ्रिज’ भएर गयो । आर्थिक चलखेल गर्न पाईने केही प्रतियोगिता, कार्यक्रममा मात्र संघका सिमित पदाधिकारीको सक्रियता देखियो । संघको काम वर्षका एक, दुई राष्ट्रिय प्रतियोगिता गर्न बाहेक अरु देखिएन । संघको केन्द्रिय कार्यालयबाट हराएका बल मुस्ताङ सहित विभिन्न जिल्लामा फेला परे । संघको खाताबाट आफु खुसी केही पदाधिकारी पैसा निकाल्ने काम गरे । केही सिमित पदाधिकारीले ‘इन्जोए’ गरे । करोड बढी रकमको कारोबार गर्ने संघको आर्थिक प्रतिवेदन काजगको खोस्टोमा पढेर सुनाउने प्रलचन जारीनै रह्यो । तर यि तमाम कमजोरी र अराजकतामा संघका अध्यक्ष बेखबर रहे, अन्जान बसे ।

मनोरञ्जनरमण शर्माको स्वभाव नाम जस्तै छ, उनलाई खुबै रमाईलो गर्न पर्छ । शर्मा संघका औपचारिक कार्यक्रमको दौरान भाषणको क्रममा गित गाउनेदेखि ताली बजाउने सम्मको हास्य रस खुबै प्रदान गर्छन् । ब्यक्तित्वको हिसाबले मनोरञ्जनलाई खोट लगाउने ठाउँ छैन, उनी आफैपनि पुगिसरी आएको सामाजिक ब्यक्तित्व हुन् । कहिले काही लाग्छ, संघलाई पनि उनले नाम जस्तै मनोरञ्जन गर्ने ठाउँ बनाए । भलिबल संघमा शर्माको ६ वर्षे कार्यकाल हेरेर मनोरञ्जन लिन सकिन्छ, सन्तुष्ट हुन सकिदैन ।

Loading ad...
LiNing Ad
मनोरञ्जनको ‘गुप्तबास’

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन