काठमाडौं । नेपालकी एन्जिला डंगोलले २१ औं मिलो खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ ।
पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कांस्य जिते ।
नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा जुन १७ देखि १९ तारिखसम्म भएको थियो ।