नारायण लालले माचुसिमा कराते विश्वकप खेल्ने
मंगलबार, कार्तिक २७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । नारायण लाल मोक्तानले पाँचौँ आइकेओ माचुसिमा क्योकुशिन कराते विश्वकपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन् ।
आगामी १७ देखि १८ नोभेम्बरमा चीनको संघाई शहरमा हुने विश्वकपमा नारायण लालले पुरुष ५५ केजीमुनि प्रतिस्पर्धा गर्ने नेपाल माचुसिमा क्योकुशिन कराते संघका ब्रान्च चिफ राजकुमार गुरुङले जानकारी दिए । विश्वकपमा नारायण लालको प्रशिक्षणको जिम्मेवारी सुमन गजुरेलले सम्हाल्ने भएका छन् ।
विश्वकपमा कुल ४० राष्ट्रले प्रतिस्पर्धा गर्ने ब्रान्च चिफ राजकुमारले जानकारी दिए । सोही विश्वकपमा नेपालका सुनील आचार्य र सन्तोस बुढाथोकीले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
विश्वकपमा सहभागी हुन नेपाली टोली बुधबार चीनतर्फ प्रस्थान गर्दैछन् ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






