काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगितामा पुरुषतर्फको उपाधि अरहान्त सिंहले जितेका छन् ।
शनिबार भएको फाइनलमा अमृत थापालाई ११–८, ९–११, १३–११ र १२–१० ले हराएर सिंह च्याम्पियन बनेका हुन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन महिला एकलको फाइनलमा कृष्णा थापाले विपना ब्लोनलाई सोझो सेटमा ११–१, ११–५, ११–८ ले हराएर उपाधि जितिन् ।
यसैगरी भेट्रान्सको उपाधि प्रवीण कंसाकारले जित्न सफल भए । उपाधि भिडन्तमा विनोद शाक्य रिटायर्ड हर्ट भएपछि प्रवीण विजेता बनेका हुन् ।
प्लेट च्याम्पियन्सीपको फाइनलमा जितेन्द्रमान जोशीलाई ११–८, ११–५, ११–५ ले निराश पारेर विनायक श्रेष्ठ च्याम्पियन बने।