काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको फाइनलमा अरहन्त सिंह र अमृत थापा मगर भिड्ने भएका छन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराए ।
महिला सेमिफाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई ११–२, ११–९ र १४–१२ तथा वृष्णाले अनुभवी भावना सुनुवारलाई ४–११, ११–३, ११–३, ११–६ ले पराजित गरे ।
यसैगरी, भेटान्स (५०वर्ष माथि)को फाइनल विनोद शाक्य व प्रवीण कंसाकारबीच हुनेछ । प्रतियोगता शनिबार सम्पन्न हुनेछ ।