काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगिताको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले विजयी सुरुआत गरेका छन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन बुधबार अमृतले सुर्जन श्रेष्ठलाई सजलै ११-१, ११-२, ११-३ ले हराएर विजयी सुरुआत गरेका हुन्।
यस्तै अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि जित निकालेका छन् ।
अमिरले रिद्धि शाक्यलाई ११-१, ११-४, ११-३, विनोदले राज महर्जनलाई ११-६, ११-४, ९-११, ११-५, उमितले मित्र गुराउलाई ११-४, १२-१०, ११-३, दिपकले दिलिप नाथ अधिकारलाई ९-११, ११-८, ९-११, ११-४ र ११-५, प्रवीणले अनिल वज्राचार्यलाई ११-५, ११-५, ११-६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११-७, ११-९ र ११-४ ले हराए ।
शिव कायस्थले रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी भए ।
५० वर्षमाथिको भेट्रान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११-७, ११-५, ११-५, दिलिप अधिकारीले अजय सिम्हलाई ११-९, १५-१३, ११-३, मनोज बहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०-१२, ११-९, ११-८, ११-१, विदुर धमलाले रोविन शाक्यलाई १३-११, ६-११, १३-११, ८-११, ११-७ र विनोद शाक्यले रत्न महर्जनलाई ११-२, ११-३ र ११-४ ले पराजित गरे ।
यसअघि, नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ तथा स्क्वास संघका अध्यक्ष किशोर महर्जनले संयुक्तरुपमा नेपाल र आइओसीको झन्डोत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा स्क्वास संघले सञ्चारकर्मी प्रज्ज्वल शाक्यलाई मिडिया सल्लाहकारमा मनोनित गरेको छ ।