काठमाडौं । बाग्लुङमा पहिलो संस्करणको गाँउपालिका अध्यक्ष राष्ट्रिय कराते कप प्रतियोगिता मंसिर पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक नेपाल सितोरियो बडिगाड डोजोले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर १ गतेबाट ३ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । प्रतियोगिता बडिगाड गाउँपालिकाको खारबजारमा आयोजना हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेश र आयोजक टिम गरी ११ टोलीको सहभागीता रहने आयोजक बडिगाड डोजोका अध्यक्ष राजनकुमार पाइजाले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता कुल १७ इभेन्ट्समा १७ स्वर्णको लागी प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमले ७५ हजार, दोस्रो स्थानले ५० हजार र तेस्रो हुनेले २५ हजार सहित ट्रफि र प्रमाण पत्र हात पार्नेछ ।