काठमाडौं । फिना वल्र्ड कपमा सहभागी हुन ५ सदसीय नेपाली पौडी टोली सिंगापुर प्रस्थान गरेको छ । नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने वल्र्ड कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेका हुन् ।
प्रतियोगितामा नेपालबाट डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाहले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा रत्नलाल महर्जन तथा ब्यवस्थापकमा बिष्णु खड्का रहेका छन् ।
प्रतियोगितामा डुवाना र उपास्तीले ५० मि. फ्रि स्टायल र ५० र १०० मि. बेष्ट स्ट्रोक तथा शाहले ५० मि. फ्रि स्टायल, ५० र १०० मि. बेष्ट स्ट्रोक र ५० र १०० मि. बटरफ्लाईमा प्रतिस्पर्धा गर्ने छन् । सवै खेलाडीहरुको पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।
नेपाली टोलीलाई आइतबार नेपाल पौडी संघले विदाई गरेको छ । संघका महासचिव जगतमान श्रेष्ठले एक कार्यक्रमविच टोलीको बिदाई गरेका थिए ।