ह्वाइटफिल्डको विजयी सुरुआत
शुक्रबार, १३ जेठ २०७९खेलपाटी संवाददाता
काठमाडौं।ह्वाइटफिल्डले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
उद्घाटन खेलमा ह्वाइटफिल्ड आयोजक पाठशालालाई ३५–२३ ले पराजित गर्यो । ह्वाइटफिल्डका अशोक तामाङले १२ अंक जोडे ।
अन्य खेलमा राजश्री गुरुकुलले स्वस्तिश्री गुरुकुललाई ३०–१७ ले हरायो । राजश्रीका कुशल राईले ८ स्कोर गरे ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा ८ टिम सहभागी छन् । विजेताले १५ हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाउने छन् । फाइनल आइतबार हुने छ ।
ह्वाइटफिल्डको विजयी सुरुआत








-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)