काठमाडौं । पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।
विजेताले १५ हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाउने छन् । तीनदिने प्रतियोगिताका खेलहरु बानेश्वरस्थित आयोजक पाठशालाकै कोर्टमा खेलाइने छ ।