काठमाडौं । आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बजारस्थित घरेलु कोर्टमा मनास्लुले एनसीसीएसलाई ७–२ ले पराजित गर्यो । सेमिफाइनलमा मनास्लुको भेट टिम बलर्ससंग हुनेछ । अर्को सेमिफाइनलमा आईएसएले एसिया प्यासिफिकविरुद्ध खेल्नेछ ।
ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल टिम राजेश र टिम स्प्लास, ज्ञान टाइगर र केडीए, टिम दीपेश र बलर्स ‘बी’, रिभेरा र टिम आलोक, मनास्लु ‘बी’ र टिम रोशन, एसिया प्यासिफिक र टिम रेड, टिम जिरो र नवोदित तथा एमेजिङ बलर्स र बलर्स ‘ए’ बीच हुनेछ ।
प्रतियोगिताको मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी र अत्तिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । सो अवसरमा कार्यकारी निर्देशक अधिकारीले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै अत्तिरिक्त क्रियाकलाप पनि अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
दुवै समूहमा पहिलो हुनेले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सहभागी सबैलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ब्वाइजमा ३५ र गर्ल्समा ९ टिम सहभागी छन् । फाइनल बिहीबार हुनेछ ।