काठमाडौं । विशाल मिलन केन्द्र (बीएमके) ले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।
सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित गर्यो । बीएमकेका दिप्सन केसीले सानदार प्रदर्शन गर्दै ४३ स्कोर गरे ।
त्यस्तै इक्याब मेरिलियोन जिम्नाजियमले टिम सिंहलाई ७३–३९ तथा टाइम्स इन्टरनेसनल कलेजले जेभियर इन्टरनेसनल कलेजलाई ७६–४५ ले हराए । इक्याबका प्रसिद्ध मगरले २१ अंक जोडे भने टाइम्सका श्रेयश शाह र मनीष केसीले १९–१९ स्कोर गरे ।
अर्को खेलमा धरान मेघा कलेजले क्वेस्ट इन्टरनेसनल कलेजलाई ६१–३१ ले पन्छायो । धरानका लागि सन्चेप श्रेष्ठले १७ अंक बटुले ।